राष्ट्रिय परिचयपत्र वितरण मंसिर ३ देखि पाँचथरबाट सुरु गरिने - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

राष्ट्रिय परिचयपत्र वितरण मंसिर ३ देखि पाँचथरबाट सुरु गरिने



पाँचथर । मुलुकमै पहिलो पल्ट मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण हुने भएको छ । लामो समयदेखि चर्चामा रहेको राष्ट्रिय परिचयपत्रको वितरण पाँचथरबाट सुरु हुन लागेको हो । राष्ट्रिय परिचयपत्र वितरणका लागि जिल्लामा संकलन भएका विवरणका आधारमा कार्ड छापिसकिएको छ। नागरिक दैैैनिकमा खबर छ ।

‘ऐतिहासिक रुपममा पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेका छौं । सम्पूर्ण नेपाली नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारको नीति कार्यान्वयनमा उतार्ने कार्यको सुरुआत् पाँचथरबाट हुने भएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन गर्ने काम भइरहेको छ, सोही अनुसार परिचयपत्र उत्पादनको काम पनि भइरहेको छ’, राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका महानिर्देशक दीपक काफ्लेले भने, ‘राष्ट्रिय कार्यक्रम आयोजना गरी मंसिर ३ गतेबाट परिचयपत्र वितरण गर्ने तयारी थालेका छौं । तीन वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने रणनीतिक योजना कार्यान्वयनको प्रारम्भ गर्न लागेका छौं । पाँचथरका सबै जनता र सिंहदरबारका अतिविशिष्ट व्याक्तित्वसहित सात हजार कर्मचारी गरी एक लाख १७ हजारजनालाई पहिलो चरणमा राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो।’