प्रहरी चाैकिलाई टेलिभिजन हस्तान्तरण - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

प्रहरी चाैकिलाई टेलिभिजन हस्तान्तरण



बाैनिया । तत्कालीन एमाले निकट युवा संघ नेपालका केन्द्रीय आर्थिक बिभाग सदस्य तथा युवा व्यवसायी अशोक रावलले सत्ति प्रहरी चाैकि लाई स्मार्ट एल.ई.डि. टेलिभिजन हस्तान्तरण गरेका छन् ।

टेलिभिजन ग्रहण गर्दै सत्ति प्रहरि चाैकि प्रमुख प्रहरी नायव निरिक्षक दाैलत पुजाराले यस कार्यले कार्यलयमा सेवा लिन आउने सेवा ग्राहिले खालि समयमा मनाेरञ्जन लिन पाउने र धेरै समय कुर्दा आउने गुनासाे काे अन्त्य हुने बताए ।

युवा नेता तथा व्यवसायि रावलले यस अघि समेत समाजका विभिन्न सामाजिक कार्यहरुमा सहयाेग गर्दै आइरहेका छन् ।