वार्षिक प्रगती विवरण सार्वजनिक - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

वार्षिक प्रगती विवरण सार्वजनिक



विशाल पाण्डेय / घोडाघोडी ।
दिगो विकास समाज भजनीको कृषि तथा आर्थिक विकास परियोजना अन्तरगत सरोकारवाला निकायसँग वार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

दिगो विकास समाजको आयोजना तथा वल्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा घोडाघोडी नगरपालिका -१ सुखडमा शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

दिगो विकास समाजका अध्यक्ष राम बहादुर सुनारको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अथिती घोडाघोडी नगरपालिकाका उप प्रमुख प्रेम कुमारी थापा रहेकी थिइन् । प्रमुख अथितीको आसनबाट बोल्दै उप प्रमुख थापाले दिगो विकासको कार्यक्रमहरुले कृषकको जिविकोपार्जनकोलागि ठुलो टेवा पुगेको बताइन् । उनले किसानहरूलाई विभिन्न किसिमको तालिम तथा बीउ ,मल वितरण गराउदा जनप्रतिनिधिहरुलाई समेत अनुगमन गर्न लैजानुपर्ने सुझाव दिइन् ।

कार्यक्रममा कृषि तथा आर्थिक विकास परियोजनाका बारेमा सन २०१८ सेप्टेम्बर देखि २०१९ सेप्टेम्बरसम्म (१ बर्षको अवधीमा) के कति कार्यक्रमहरु गरिए ? ,कति जनाले लाभ लिए ? कति लगानी लाग्यो ? र कति खर्च भयो? भन्ने विषयमा बजार संयोजक विनोद शाहले सरोकारवालाहरुलाई जानकारी दिएका थिए ।

संयोजक शाहले १ कराेड ४७ लाख १९ हजार ३५८ रुपैयाँ विनियोजित रकममा १ कराेड ४५ लाख २८ हजार ९९६ रुपैयाँ खर्च भएको जानकारी दिए । उनले १ बर्षको अवधिमा घोडाघोडी नगरपालिका , भजनी नगरपालिका ,गौरीगंगा नगरपालिका र कैलारी गाउपालिका गरि ४ वटा स्थानीय तहमा करिब १०२ बटा उत्पादन कृषक समुह गठन गरी काम गरिरहेको जानकारी दिए । साथै स्मार्ट अनुदान ४९५ जना ,१९ वटा पम्पसेट वितरण , कृषि तालिम लगायतका मुख्य उपलब्धिहरु रहेको जानकारी दिए ।

यस्तै बजार संयोजक शाहले १ बर्षमा मसला खेती , आलु खेती तालिम ,बेमौसमी तरकारी ,च्याउ खेती लगायतका कार्यक्रमहरुबाट २१२४ जना कृषकहरुले लाभ लिएको समेत जानकारी दिदै समूह भन्दा बाहिर रहेका ४० जना अति सीमान्तकृत ब्यक्तिहरु (MVC) छनोट गरि व्यवसायका लागि विभिन्न किसिमका सामाग्रीहरु सहयोग गरेको समेत जानकारी दिए ।

घोडाघोडी नगरपालिका , भजनी ,गौरीगंगा र कैलारी गाउपालिकागरि ४ वटा स्थानीयबाट सरोकारवाला तथा कृषक समूह गरि करिब ४५ जना सहभागिता रहेको कार्यक्रमको संचालन फिल्ड सुपरभाइजर प्रकाश बिष्टले गरेका थिए ।