प्रदेश नं ५ को सिमांकन संशोधनको विरुद्धमा विवेकशीलको विरोध कार्यक्रम - Himal Post Himal Post
  • २३ असार २०८३, मंगलवार
  •      Tue Jul 7 2026
Logo

प्रदेश नं ५ को सिमांकन संशोधनको विरुद्धमा विवेकशीलको विरोध कार्यक्रम



सरकारको प्रदेश नं ५ को सिमांकन संशोधनको विरुद्धमा आज विवेकशील नेपाली दल, रुपन्देहीले विरोध कार्यक्रम गरेको थियो । राजनतिक अस्थिरताका बिच संविधान संशोधन र नागरीकको चाहना विपरीत सरकारले यस्तो संकिर्ण कदम चाल्न नहुने भन्दै बुटवलमा संविधान संशोधन प्रस्ताव विरुद्ध चलिरहेको विरोध तथा आन्दोलनले हिंस्रक रुप लिएको र त्यसमा भएको क्षति तथा भग्नावशेषको व्यवस्थापन र संगसंगै शान्तिपूर्ण विरोध कार्यक्रम श्री बिष्णुराज रेग्मीको संयोजकत्वमा सम्पन्न भएको विवेकशील नेपाली दल, रुपन्देहीले जनाएको छ ।

बिहान ८ बजे देखि भएको कार्यक्रममा ईलाका प्रहरी कार्यालय रुपन्देहीसंग मिलेर बुटवलको पुष्पलाल पार्क वरिपरि भत्किएको भग्नावशेषहरुलाई व्यवस्थापन गरेको थियो । “सरकारले अनायाशै सिमांकनमा हेरफेर गरेकोमा हामीलाई आपत्ति रहेको तर हरेक विरोध तथा आन्दोलनहरु हिंस्रक नै हुनु पर्ने आवश्यकता नरहेको” भन्दै कार्यक्रम संयोजक बिष्णुराज रेग्मीले “भविष्यमा आउने पिढीलाई राजनतिक सुसंस्कार सिकाउनु पर्ने भएकाले शान्तपूर्क कार्यक्रम राजनैतिक परिपाटीले नै सञ्चालन गर्नु पर्छ” भनि जोड दिनु भयो ।

आज शान्तिपूर्वक विरोध कार्यक्रम गरेको विवेकशील नेपाली दल, रुपन्देहीले आगामी दिनमा पनि यस्तै शान्तिपूर्ण कार्यक्रम गरि देशलाई सुदृढ बनाउन अगाडी बढ्ने प्रतिबद्धता व्यक्त समेत गरेको थियो ।