प्रदेश ७ मा पनि २० वर्षे पुराना सवारी साधन सञ्चालनमा रोक - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रदेश ७ मा पनि २० वर्षे पुराना सवारी साधन सञ्चालनमा रोक



कैलाली । सात नम्बर प्रदेशमा २० बर्ष नाघेका पुराना सार्वजनिक तथा पर्यटक बोक्ने सवारी साधन बिहिवार देखि सञ्चालनमा प्रतिबन्ध लगाएको छ ।

यातायात व्यवस्था विभागको यहि फागुन २८ गतेको पत्र अनुसार सात नम्बर प्रदेशमा पनि २० वर्षे पुराना गाडी सञ्चालनमा रोक लगाईने भएको हो ।

यातायात व्यवस्था विभागले प्रदूषण, दुर्घटना र ट्राफिक जामको मुख्य कारण पूराना गाडी भएको उल्लेख गर्दै २० वर्ष पुराना गाडी तत्काल हटाउन निर्देशन दिएको थियो ।

सोही निर्देशनको पालना गर्न बुधवार धनगढीमा जिल्ला यातायात व्यवस्थापन समितिका सयोजक तथा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा समितिको बैठक बसेको थियो ।

उक्त बैठकले २० वर्ष पुराना गाढी सञ्चालनमा रोक लगाउने र २० वर्ष पुराना गाडी सडकमा गुडे÷नगुडेको निगरानी गर्न जिम्मा पनि यातायात व्यवस्थापन समितिलाई नै दिएको छ ।

बिहिवारदेखि २० वर्ष पुराना गाडी सञ्चालन गरे सुरुमा सम्झाई बुझाई गर्ने र नमाने जफत गरिने यातायात व्यवस्थापन समितिका सदस्य सचिव तथा सेती अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख कृष्ण भुषालले बताउनुभयो ।

सेती अञ्चलमा मात्रै २० वर्ष पुराना ३ सय ९२ छन । जसमध्ये १६ जीप, ४९ टेम्पो र ३ सय २७ ट्रक तथा बस रहेका छन ।

महाकली अञ्चलमा पनि करिव ४ सयको हाराहारीमा २० वर्ष पुराना गाडी रहेको बताईएको छ । साभार: रेडियो धनगढी / फाइल तस्बिर :