प्रदेश ७: दिनमा २ पटक बस्यो संसद बैठक - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

प्रदेश ७: दिनमा २ पटक बस्यो संसद बैठक



धनगढी ,कैलाली । प्रदेश नं ७ को प्रदेश सभा बैठक आज (मंगलबार) दुई पटक बसेको छ । आर्थिक कार्यबिधि (विधेयक) २०७४ लाई लिएर दुई पटक बसेको हो ।

बसेको पहिलो बैठकबाट दर्ता भएको आर्थिक कार्यबिधि (विधेयक) २०७४ लाई दोस्रो बैठकबाट विधायन समितिमा पठाउने प्रस्तावलाई सर्वसम्मतले पारित गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आर्थिक कार्यविधि २०७४ लाई समितिमा पठाउन प्रस्ताव पेश गरेका थिए । सांसदहरुले विशेषमा विधेयकवारे आ–आफ्नो धारणा राखेपछि सर्वसहमतिले समितिमा पठाउने निर्णय पारित गर्यो । मन्त्री बोहराले बजेट, योजना, नीति तथा कार्यक्रम बनाउन आर्थिक कार्यविधि प्रस्ताव ल्याइएको बताए ।

संसदको विशेष समयमा सांसद भरत बहादुर खड्का, लिलाधर भट्ट, कर्ण बहादुर मल्ल, पूर्णा जोशी, तारा लामातामाङ, डा. रण बहादुर रावलले बोलेका थिए ।

संसद सचिवालयका सूचना अधिकारी तेजप्रकाश जोशीका अनुसार विधायन समितिमा पेश गरिएको विधेयक उप्पर भोलि (बुधबार) दफावर छलफल हुने भएको छ । छलफलपछि समितिले विधेयकमा आवश्यक थपघट गरी तयार पारिएको प्रतिवेदन चैत्र २२ गते दिउँसो १ बजे बस्ने अर्को बैठकमा पेश गर्ने सूचना अधिकारी जोशीले जनाए ।

२२ गते बस्ने बैठकमा विधेयकमा दफावर छलफल भै पारित हुने व्यवस्था रहेको छ । यसरी पारित भएको विधेयक कानूनको रुपमा मान्यता पाउने प्रावधान छ ।