प्रदेश ७ को व्यापारीक केन्द्र गौरीफण्टा नाकालाई सुबिधायुक्त बनाउने : एमाले नेता रावल - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

प्रदेश ७ को व्यापारीक केन्द्र गौरीफण्टा नाकालाई सुबिधायुक्त बनाउने : एमाले नेता रावल



धनगढी ,कैलाली ।
नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं ७ का संयोजक भीम रावलले प्रदेश ७ को प्रमुख व्यापारिक केन्द्र एवम् अस्थायी राजधानी धनगढीसंग जोडिएको गौरीफन्टा नाकालाई स्तरोन्नति गरि सुबिधायुक्त बनाउने बताउनु भएको छ ।

सोमबार धनगढीमा एमाले प्रदेश संगठन कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले अस्थायी राजधानी संग जोडिएको भारतीय गौरीफण्टा नाका बन्द नगरि यसलाई अझै सुविधायुक्त बनाएर लैजाने बताउनु भएको हो ।

” भारतीय गौरीफण्टा नाका बन्द नगर्न र यसलाई अझै सुविधायुक्त बनाउँदै लैजान प्रदेश कमिटीको बैठकले माग गरेको नेता रावलले बताउनु भयो “। साथै भारतले गौरीफण्टा नाकालाई एकतर्फी रूपमा बन्द गर्न खोजेको बताउदै नेता रावलले ,”आफुले यस नाकाको बारेमा भारत सरकारसंग कुटनीतिक वार्ता गर्न सरकारसँग माग गरेको बताउनु भयो” ।

त्यस्तै नेता रावलले प्रतिनिधिसभा र राष्ट्रियसभामा गरेर एमालेका २० जना सांसद भएपनि संघीय सरकारमा प्रतिनिधित्व नगराइनु अन्यायपूर्ण भएको बताउनु भएको थियो  । एमाले प्रदेश कमिटीको बैठक चैत २३ देखि २६ गतेसम्म धनगढीमा बसेको थियो ।