पर्वतका निर्वाचित जनप्रतिनिधि: जसले ९ वर्षिया बालिकालाई बलात्कार प्रयास गरे - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

पर्वतका निर्वाचित जनप्रतिनिधि: जसले ९ वर्षिया बालिकालाई बलात्कार प्रयास गरे



पर्वत– ९ वर्षिया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा पर्वतमा एक जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा कुश्मा नगरपालिका वडा नं ९ का निर्वाचित वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुली छन् ।

पराजुलीले साउन ६ गते सोही स्थानमा बसोबास गर्ने ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको पीडित परिवारको उजुरीपछि मङ्गलबार गाउँबाटै पक्राउ गरिएको  प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

आरोपित पराजुलीलाई मङ्गलबार नै जिल्ला अदालत पर्वतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । उक्त घटना यसअघि गाउँमै आर्थिक लेनदेनमा मिलाउने प्रयास भएको भए पनि पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि पक्राउ गरिएको प्रहरी निरीक्षक रायमाझीले जानकारी दिए ।

आरोपित पराजुली गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट विजयी भएका हुन् ।