प्रबास बाटै चर्चामा कलाकार कुलबिर थापा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

प्रबास बाटै चर्चामा कलाकार कुलबिर थापा



समिर प्रकाश पाण्डे ।

सांगीतिक क्षेत्रमा नयाँ कलाकारको आगमन हुनु कुनै नौलो कुरा होईन । विशेषगरि लोकदोहोरी बिधामा यो क्रम अझै बढ्दो पाइन्छ । संगीतका अन्य बिधाका तुलनामा लोक तथा दोहोरिको क्षेत्र फराकिलो हुनुले पनि स्वभाबिक रुपमा कलाकार को आकर्षणको बिधा बनेको पाइन्छ । लोकको प्रीय हुने इच्छा सबैको हुन्छ नै । धेरै श्रोता दर्शक हुने हुँदा पहिचान फराकिलो बन्ने संभावना लोकदोहोरिमा रहन्छ त्यसैले पनि कलाकारिता गर्नेहरूको पहिलो रोजाइ लोकदोहोरी बन्ने गरेको हो भन्दा फरक न पर्ला ।

कलाकारिताको जगका रूपमा लोकदोहोरी रोज्नु लाई लोकदोहोरी प्रतिको माया,सम्मान र न्यायको रूपमा हेरिन्छ । अझै बढि सम्मान माया र न्यायको अनुभुती त्यतिबेला हुन्छ जतिबेला यश क्षेत्रमा आबद्ध कलाकार यहीं क्षेत्रको श्रीबृद्दी मा कटिबद्ध भएर जिवनको अन्तिम प्रहरसम्म लागि पर्छन् ।

बागलुङ जिल्ला गल्कोट नगरपालिकाको ७ नं वार्ड मा २०४५ साल पौष २९ मा जन्मेका कुलबिर थापा पनि नव प्रबेशी कलाकार को भिडमा आफ्नो अलग पहिचान बनाउने ध्येयका साथ अघि बढिरहेका कलाकार हुन । आफ्नो कला र गला मार्फत नेपाली लोकदोहोरी प्रतिको सम्मानलाई अझै उँचो राख्नु आफ्नो लक्ष रहेको अभिव्यक्ति दिने थापाको जन्मदाता टिकाबहादुर थापा र रत्ना थापा हुन । समाजसेवी बुबाको छत्रछायामा धौलागिरी को चिसो हावा खादै लोकदोहोरी को लागि उर्वर मानिने बाग्लुङमा बाल्यकालका सुनौला दिन पार गरेका थापामा कलाकारिताको रस तिनै दिन देखिनै पसिसकेको थियोे ।

अवसरको प्रतिकुलताका कारण उनको प्रतिभाले प्रस्फुटित हुने मौका जुरेको थिएन तथापि उनले अनुकुलताको खोजीकार्य जारि राखिरहे । फलस्वरूप आफ्नो स्वर अङित ‘ लाउली सिन्दुर चुरा मायाले ‘लिएर आफ्नो औपचारिक सांगीतिक यात्रा शुरु गरे । विभिन्न मेला महोत्सव मा गायको अनुभव भएपनी स्टुडियोमा प्रहिलो पटक गाउदा केही असहजता त भयो तर गाह्रो नै चाहिँ होईन थापा भन्छन् । त्यसपस्चात घुम्टेको लेकमा गुराँसै फुल्यो लिएर आउदा थापाको स्वरमा निखार बढ्दै गएको उनलाई सुन्ने श्रोताले महसुस गर्न सक्थे । गायकी मा परिपक्वता हासिल गर्दै गर्दा अभिनय मा पनि होमिने सुर कसेर उनले यहि बिचमा केही तिजगीतहरुमा अभिनय समेत गरिसकेका छन् । साथै पछिल्लो समय ” करुवाको जल “सुम्पेका छ्न आफ्नो स्वरअङित कोशेली ,आफ्ना दर्श्क श्रोता माझ।

प्रबास मा रहेर गीतसंगीतको साधना गर्दाका अप्ठ्यारा झेल्दै अझै बढी सामाजिक उत्तरदायित्व बोध गरेका कुलबिर समाज सेवामा पनि उत्तिकै सकृय छन् । आम्दानी बढेपछि यसो केहि रकम सामाजिक कार्यमा योगदान गरौं भन्ने मनसायले सेवा गर्नेहरू भन्दा उनको पृष्ठभुमि फरक छ । बिध्यार्थि हुँदादेखिनै घुम्टे युवा परिवार मल्मको सदस्य ,बिध्यालय तथा कलेज तहमा विभिन्न अभियान मा सक्रियतापुर्बक संलग्न हुनुले समाजसेवा उनिसंग पहिल्यै देखि निहित भएको पुष्टि हुन्छ । उनले अहिलेसम्म गल्कोट समाज जापान को क्षेत्रीय समिति काम्साइको सहसचिव भएर २ कार्यकाल सम्पन्न गरेका छन भने नेपाल भलिबल संघ जापानका सदस्य पनि हुन ।

समाजसेवामा लाग्न प्रेरित गर्ने उनका वडाअघ्यक्ष बुवा र कलाकारिता मा लाग्न प्रेरणाका स्रोत अग्रज कलाकार बिष्णु खत्री ,बसन्त थापा लगायत बागलुङका अन्य कलाकार हरुप्रती विशेष सम्मान प्रकट गर्छन् थापा ।

अहिलेसम्म अवार्ड नै त उचालेको अनुभव त छैन थापा संग तर उनको कला र गलाको सम्मान ओसाका बासी नेपाली श्रोता दर्शकले थुप्रैपटक गरिसकेका छ्न ।साथै सम्पुर्ण श्रोता दर्शकको माया पाउनु नै ठुलो अवार्ड हो उनको विचारमा ।

घरदेशको कला संस्कृती बोकेको लोकदोहोरी परदेशमा रहँदा पनि संगै जान्छ भन्ने भाबलाइ प्रमाणित गर्न सफल छ्न कुलबिर । त्यसैले त आर्थिक हिसाबले बिनाप्रतिफलको लगानी अनि गुणात्मक भन्दा संख्यात्मक वृद्धिको चपेटामा परेको यहीं क्षेत्रमा लागि परेका छन् ,अलिकति माया स्रोता दर्शक बाट पाउने अनि आफ्नो परिचय फराकिलो बनाउने आशामा ।
उनले सोचेजस्तै सम्पुर्ण दर्शक श्रोताको माया साथ र सम्मान मा कहिल्यै पनि कमि न आओस् हाम्रो तर्फबाट पनि शुभकामना !!