पत्रकार पारसको नयाँ म्युजिक भिडियो - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

पत्रकार पारसको नयाँ म्युजिक भिडियो



पत्रकार तथा गायक पारस नेपालले आफ्नो नयाँ गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरेका छन् ।
‘कस्तो हुन्थ्यो कस्तो हुन्थ्यो’ बोलको गीतको म्युजिक भिडियोमा उनले दाजुभाईबिचको प्रेमलाई दर्शाउन खोजेका छन् । कान्तिपुरमा कार्यरत नेपालले यसपहिले नै धरोहर नामक गीति एल्बम सार्वजनिक गरेका थिए । उनको उक्त एल्बममा रहेका गीतहरु क्षेत्रप्रताप अधिकारी, अमन मास्के, दिनेश अधिकारी र फूलमान वलले लेखेका छन भने जुगल डंगोलले संगीतबद्ध गरेका छन् ।

उक्त एल्बममा समेटिएका गीतहरुमध्येको उक्त गीतलाई राष्ट्रकवि माधव घिमिरेले लेखेका छन भने जुगल डंगोलले संगीतबद्ध गरेका छन् । डब्बु क्षेत्रीको निर्देशन रहेको उक्त म्युजिक भिडियोमा विरेन्द्र हमाल, सुरेन्द्र श्रेष्ठ र सबिना कार्किले अभिनय गरेका छन् । उनले यसपहिले राष्ट्रिय भाव समेटिएको ‘नालापानी कालापानी’ बोलको गीत सार्वजनिक गरिसकेका छन् ।