पारस शाह भन्छन्: म आम नागरिक हुँ, राज खानदानसँग नजोड्नुस - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

पारस शाह भन्छन्: म आम नागरिक हुँ, राज खानदानसँग नजोड्नुस



काठमाडौं- सामाजिक सञ्जालमा ट्रोल बनेका पारस शाह यति बेला पोखरामा छन्। एक युट्युबर युवतीसँग समय बिताइरहेको कारण उनी विवादित पनि बनिरहेका छन्।

दसैँ सकिए लगत्तै पोखरा पुगेका पारस केही समय उतै बिताउने बुझिएको छ। आफ्नो जीवनशैलीकै कारण पटक पटक विवादित बन्ने गरेका पारसले यति बेला आफू आम नागरिक भएकोले राज खानदानसँग जोडेर नहेर्न आग्रह गरेका छन्। उनले फरक प्रसङ्गमा भनेका छन् ‘म राजा हुन सम्नेको होइन, राजशी शैलीमा बाँच्ने मेरो कुनै इच्छा छैन’।

शाह वंशले देशलाई धेरै नै योगदान गरेको र एकताको सूत्रमा बाँध्ने काम गरेको भन्दै उनले पछिल्लो राजनीतिक घटनाक्रमले राजसंस्थाप्रति जनताले विश्वास गरेकोले राजसंस्था आइदेओस् भन्ने चाहना रहेको भए पनि यो सम्भव नभएको उनले बताए।

पारसले पोखराको एक अनलाइनसँग कुरा गर्दै भनेका छन् ,पछिल्लो समय ज्ञान र अध्ययनमा समय बिताइरहेको छु, म राजा बन्न जन्मेको मान्छे होइन, राजशी शैली मलाई मन पनि पर्दैन, नेपालमा अब राजसंस्था सम्भव पनि छैन ।’

अबको आफ्नो दिनचर्या ज्ञान प्राप्तिमा लगाउने बताउँदै पारसले भनेका छन् ‘पछिल्लो समय मेरोबारे गलत टिप्पणी गर्दै विभिन्न आरोप लगाइएको छ यसमा मेरो चित्त दुखाई छ।’

पारसले भनेका छन्, मेरो जीवन खुल्ला किताबजस्तै छर्लङ्ग छ । हिजोको दिनमा मबाट केही नराम्रा काम भए होलान्, त्यसमा म प्रायश्चित गर्छु, तर अबको जीवन म ज्ञान र अध्ययनमा बिताउने छु ।