पारस खड्का सहित क्रिकेट खेलाडीहरु एडीलेड आउदै - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

पारस खड्का सहित क्रिकेट खेलाडीहरु एडीलेड आउदै



एडीलेड।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, दीपेन्द्रसिंह ऐरी, सुवास प्रधान लगायतको टिम एडीलेड आउने भएको छ।एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले अष्ट्रेलियामा आयोजना गरेको क्रिकेट फेस्टिबलको लागी आएका खेलाडीहरु एडीलेड आउने कुराले आफूहरु हर्षित भएको एडीलेड नेप्लिज क्रिकेट एशोसीयसनका अध्यक्ष विजय जोशीले बताए।

एडीलेडमा आयोजना हुने कार्यक्रमको बारेमा बताउदै जोशीले भने “एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेससँग सहकार्य गरि एनकाले ११ जनवरीको दिन कम्युनिटी इभेन्ट आयोजना गर्दैछौ। ” बिहान ९ बजे देखि दिउसो १२ बजे सम्म चल्ने उक्त कार्यक्रममा खेलाडीहरुसँग अन्तर्क्रिया सहित खेल समेत हुने जोशीले बताए। पावर गेम अन्तर्गत पारस ११ भर्सेस दिपेन्द्र ११ बीच खेल हुनेछ। साथै , वुलवर्थ क्रिकेट ब्लास्ट अन्तर्गतका बालबालिकाहरुलाई समेत अतिथि खेलाडीहरुले स्किलहरुको बारेमा बताउनेछन।

पारस खड्का लगायतको टिमले बिग ब्यास अन्तर्गत एडीलेड स्ट्राइकर्स र मेलबर्न स्टारस बिच हुने खेल समेत अवलोकन गर्नेछन। एडीलेड ओभलमा रहेको साउथ अस्ट्रेलियन क्रिकेट एशोसीयसनको कमिटी रुममा नेपाली खेलाडीहरुले एडीलेड स्ट्राइकर्सका सिईओ र साकाका उच्चपदस्थ व्यक्तिहरुसँग समेत अन्तर्क्रिया गर्नेछन।