नेकपाका नेताले भने पूर्वयुवराज पारसलाई गिरफ्तार गरी कारवाही गरियोस् - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

नेकपाका नेताले भने पूर्वयुवराज पारसलाई गिरफ्तार गरी कारवाही गरियोस्



काठमाडौं– सत्तारुढ नेकपाका एक प्रभावशाली युवा नेताले अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि जाइलागेका पूर्वयुवराज पारस शाहीमाथि कारबाहीको माग गरेका छन् ।

अधिवक्तासमेत रहेका नेकपा नेता सुरेन्द्र बस्नेतले पारसलाई तत्काल गिरफ्तार गर्न माग गरेका छन् । बस्नेतले राजकाजमा रहेका बेला विगतमा गायक प्रवीण गुरुङ हत्या, अर्का गायक रामकृष्ण ढकालमाथिको कुटपिट लगायत आपराधिक घटनामा मुछिएर पनि उन्मुक्ति पाएका पारसलाई यसपटक छोड्न नहुने उल्लेख गरेका छन् ।

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कयौं आमसञ्चारका माध्यम र सयौं मान्छेका अगाडि ड्युटीमा रहेका प्रहरी नायव निरीक्षकलाई सार्वजनिक रुपमा मुक्का हान्ने पारस शाहलाई तुरुन्त गिरफ्तार गरी कारबाही गरियोस् । विगतमा प्रवीण गुरुङको हत्या , लोकप्रिय गायक रामकृष्ण ढकालमाथिको कुटपिट लगायतका सयौं आपराधिक घटनामा मुछिएर पनि उन्मुक्ति पाएका पारसलाई अहिले पनि असनको साँढेजस्तै छाड्नु जरुरी छैन । यो लोकतन्त्र हो’ बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

पासरले थाइल्याण्डमा रहेका बाबु ज्ञानेन्द्र भेट्न जान लागेकी आमा कोमल र छोराछोरीलाई विमानस्थलमा बिदाइका लागि गएका बेला प्रहरीका नायब निरीक्षक (सई) माथि कुटपिट गर्न हात उठाएको घटना बाहिर आएपछि त्यसको सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।