पारस खड्काको अर्को अर्धशतक : बनाए नयाँ किर्तिमान - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

पारस खड्काको अर्को अर्धशतक : बनाए नयाँ किर्तिमान



काठमाडौं- कप्तान पारस खड्का आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा कुवतेविरुद्ध उत्कृष्ट अर्ध शतक प्रहार गरेका छन् ।

पारसले ३२ बलमा आफ्नो टी २० आई करिअरको तेस्रो अर्ध शतक पुरा गरे । पारस ३३ बलमा ९ चौका १ छक्का सहित ५६ रनमा खेलि रहेका छन् । पारसलाई शरदले २१ रनमा साथ दिएका छन् ।

नेपालको लागि ओपनर पारस खड्का र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ३.५ ओभरमा ४४ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

मोहम्मद काशिफले बिलाल ताहिरबाट क्याच गराउनु अघि मल्लले १३ बलमा २ चौका र १ छक्का प्रहार गरे । १ सय ४२ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा रन १ सय ३ बनाउन १ विकेट गुमाएको छ ।

योसँगै कप्तान पारस टी-ट्वान्टी अन्तराष्ट्रियमा तीन पटक अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।