कप्तान पारस र ज्ञानेन्द्रले बनाए किर्तिमान - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

कप्तान पारस र ज्ञानेन्द्रले बनाए किर्तिमान



नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का र उप कप्तान ज्ञानेन्द्र मल्लले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको लागि कीर्तिमान बनाएका छन् ।

मंगलबार आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा कतारसँग ४९ रनको साझेदारी गर्दै पहिलो विकेटको लागि उच्च साझेदारी गरेका हुन् । यसअघि नेपालले टी २० खेलमा पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेको थियो । जुन सन् २०१४ को विश्वकपमा हङकङसँगको खेलमा सुवास खकुरेल र सागर पुन मगरको ३६ रनको साझेदारी तोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले ब्याटिङ गरिरहेको छ । र, ओपनरद्वय कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालका लागि कीर्तिमान साझेदारी गरेका छन् ।

कप्तान पारस र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गर्दै टी-ट्वान्टी अन्तराष्ट्रियमा सर्वाधिक रनको साझेदारीको कीर्तिमान बनाएका हुन् । पहिलो विकेटको रुपमा कप्तान पारस २८ रनमा आउट भए । यस्तै ज्ञानेन्द्र २३ रनमा आउट भए  ।

यसअघि पहिलो विकेटका लागि सर्वाधिक रनको साझेदारी सुवास खकुरेल र सागर पुनको नाममा थियो ।

सन् २०१४ मा सुवास र सागरले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए । तर, अहिले दुवै खेलाडी टिममा रहेका छैनन् । 

नेपालले सुरुवाती ६ ओभरमा १ विकेट गुमाएर ४९ रन बनाएको छ । नेपालका लागि कप्तान पारस खड्काले १७ बलमा ४ चौका र १ छक्का सहित २८ रन जोडे । उनी लामो सट खेल्ने धुनमा मिड विकेट क्षेत्रमा समातिए । त्यस्तै ज्ञानेन्द्र मल्लले पनि १९ बलमा २ चौका र १ छक्का सहित १९ रनमा खेली रहेका छन् ।