पारसको फड्को: धोनी र गेलभन्दा अगाडी पुगे - Himal Post Himal Post
  • ३१ भाद्र २०८१, सोमबार
  •      Mon Sep 16 2024
Logo

पारसको फड्को: धोनी र गेलभन्दा अगाडी पुगे



काठमाडौं- नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ उचाई हासिल गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसी ले जारी गरेको टी २० ब्याटिङतर्फ पारसले ४५ औं स्थानमा नाम बनाएका हुन् ।

पारसभन्दा भारतका महेन्द्रसिंह धोनी र वेष्ट इन्डिजका क्रिस गेलभन्दा पारसको वरियता माथि पुगेको छ । अलराउन्डरतर्फ पारस २४ औं स्थानमा परेका छन् । उनले यस विधामा पनि विश्वका चर्चित खेलाडीलाई पछि पारेका छन् ।

अलराउन्डरतर्फ नेपाली खेलाडीहरु सोमपाल कामी ६० औं र करण केसीले ७७ औं स्थान बनाएका हुन् । नेपाली स्टार बलर सन्दीप लामिछाने ६४ औं स्थान बनाउन सफल भएका छन् । करणकेसी ८३ औं र अविनाश बोहरा १०० औं स्थानमा परेका छन् । सोमपाल कामी ६८ औं र वसन्त रेग्मी ८९ औं सनमा छन् । यसपटक नेपाली खेलाडीको उत्कृष्ट दशमा धेरैजनाको नाम बनेको छ ।