पन्तलाई पुरस्कार गौतमलाई अभिनन्दिन - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

पन्तलाई पुरस्कार गौतमलाई अभिनन्दिन



अमेरिका- यस वर्षको “राजमित्र स्मृति पुरस्कार” साहित्यकार महेश्वर पन्तलाई प्रदान गर्ने निर्णय भएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद काफ्ले ‘शैव’, कवि लालगोपाल सुवेदी र गत वर्ष पुरस्कृत कवि दीपा राई पुनरहेको निर्णायक समितिले उक्त निर्णय गरेको हो ।

यसैगरि मुर्चुङ्गा एवं सारंगी वादक सुशील गौतमलाई अभिनन्दिन गर्ने भएको छ ।

साहित्यकार सुशील नेपाल र ईश्वरी नेपालद्वारा स्थापित राजमित्र स्मृति प्रतिष्ठानले म्यासाचुसेट्स राज्यमा बसोबास गरेर नेपाली भाषा साहित्यको सेवामा निरन्तर सक्रिय रहनेलाई बिगत पाँच वर्षदेखि नगद र प्रमाणपत्रद्वारा सम्मान गर्नेगरेको छ ।

उक्त पुरस्कारबाट साहित्यकार भारती गौतम, दीनेश राजभण्डारी , गोवर्ध्दन पूजा , लालगोपाल सुवेदी र दीपा राई पुन सम्मानित भइसकेका छन् भने लोक गायक मीन केसी र सारंगी वादक श्याम नेपालीलाई अभिनिन्दन भइसकेका छन् ।

कोरोनाको विषम परिस्थितिको कारण यस वर्षको कार्यक्रम २० तारिख आइतवार १० बजे बिहान भर्चुयल माध्यमबाट गरिनेछ ।

संस्थाले बोष्टन बाहिर तर उत्तर अमेरिकाभित्र रहेर नेपाली भाषा साहित्यको सेवा गर्ने नेपाली साहित्यकारलाई पनि सम्मान गर्ने निर्णय गरेको थियो तर यस वर्ष कोरोनाको कारणले गर्दा अर्को वर्षदेखि गरिने भएको छ ।

यस वर्ष सम्मानित हुने साहित्यकार महेश्वर पन्त एनआरएनए भाषा साहित्य तथा संस्कृति सम्पदा संरक्षणका सदस्य हुन भने उनका गीति एल्वम् लगायत फुर्लुंग (उपन्यास) नवोल्नेहरू (कथा संग्रह) र मुन्द्री (कथा संग्रह) प्रकाशित छन् ।

साहित्यकार सुशील नेपालका प्रातस्मरणीय मातापिताको स्मरणमा स्थापित यस संस्थाले विगत पाँच वर्षदेखि आजसम्मका कार्यक्रमहरुलाई समेटेर स्मारिका छिटै प्रकाशन गर्न लागेको अनेसास बोस्टन च्याप्टरका अध्यक्ष यम पौडेलले बताएका छन्