वैदेशिक रोजगार संघ निर्वाचनमा कांग्रेसको प्यानल विजयी
काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा लोकतान्त्रिक समूहको ‘प्यानल’ नै विजयी भएको छ ।
संघको २७औ साधारणसभाबाट कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमको ‘प्यानल’ विजयी भएको हो ।
संघको अध्यक्षमा विष्णुप्रसाद गैरे निर्वाचित भए । गैरेले ३३० मत प्राप्त गरे । प्रगतिशील समूहबाट अध्यक्षमा उम्मेदवारी दिएकासरोजकुमार पोखरेलले २८३ मत प्राप्त गरे ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र समाजवादी पार्र्टी निकट व्यवसायीका तर्फबाट अध्यक्षमा पोखरेलले उम्मेदवारी दिएका थिए ।
संघको प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोरकुमार केसी, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेगनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ विजयी भए । सदस्यहरुमा पनि पूरै लोकतान्त्रिक समुहको उम्मेद्वार विजयी भए ।
दिनेशकुमार रावल, कर्णराज कटुवाल, सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बू, विजय लामा, बाबुलाल मगर, केवशराज न्यौपाने, छविलाल भट्टराई, जङ्गबहादुर इजम र लक्ष्मण पौडेलले विजयी भए ।
निर्वाचनमा कूल ६२१ प्रतिनिधिले मतदान गरेका थिए । निर्वाचनमा सहभागी हुन ६५८ प्रतिनिधिले नाम दर्ता गराएका थिए ।
म्यानपावर धरौटी बढाएसँगै ८५४ म्यानपावर कम्पनी कायम भए पनि १९६ कम्पनी निर्वाचन प्रक्रियामा नै सहभागी भएका थिएनन् ।