पाणिनी बहुमुखी क्याम्पसमा तीज विशेष कार्यक्रम सम्पन्न (फोटो फिचर) - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

पाणिनी बहुमुखी क्याम्पसमा तीज विशेष कार्यक्रम सम्पन्न (फोटो फिचर)



पुष्पा गैरे /साउन २६  ,सन्धिखर्क।

स्वतन्त्र विद्यार्थी युनियन पाणिनी बहुमुखी क्याम्पसको आयोजनामा महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर तीज विशेष शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ।

२००  जना भन्दा बढी विद्यार्थी ,क्यापसमा अध्यापन रत प्राध्यापक र पत्रकारहरू उपस्थिति रहेको उक्त कार्यक्रममा स्वतन्त्र विद्यार्थी युनियन पाणिनी बहुमुखी क्याम्पसका सभापति लक्ष्मण खड्काले आगामी दिनमा पनि स्ववियुले विद्यार्थी र क्याम्पसको हितमा कुनै पनि काम गर्न पछि नहट्ने प्रतिबद्धता समेत गर्नु भयो साथै आउँदै गरेको स्नातक तह प्रथम वर्ष को परीक्षा दिनुहुने सम्पूर्ण विद्यार्थीहरुलाइ सफलता को शुभकामना दिनुभयो ।

जिल्लाको एक मात्र शैक्षिक धरोहर तथा एक मात्र बहुमुखी क्याम्पसको रूपमा रहेको पाणिनी बहुमुखी क्याम्पसमा स्ववियुको गठन भएलगत्तै सरसफाइ ,भौतिक सुधार ,र ड्रेस परिवर्तन का कार्यक्रम हरू भैरहेका छ्न।

उक्त कार्यक्रमको सन्चाल स्ववियु कोषाध्यक्ष  घनश्याम पौडेलले गर्नु भएको थियो भने स्वागत स्ववियु उप सभापति श्रीजन भुसालले गर्नुभएको थियो ।