गीत संगीतका कमी कमजोरी बारे निडर भएर बोल्ने दुर्गा पंगेनीले कस्तो गीत लेखे ? ( भिडियो सहित) - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

गीत संगीतका कमी कमजोरी बारे निडर भएर बोल्ने दुर्गा पंगेनीले कस्तो गीत लेखे ? ( भिडियो सहित)




समीर प्रकाश पाण्डे

नेपाली गीत सङ्गीतका शुभचिन्तक विशेषता गीत सङ्गीतको बारेमा कमी कमजोरी अौल्याईदिने, समसायिक विषयमा कलम चलाउने , सामाजिक संझालमा निक्कै व्यस्त स्टाटस मार्फत सबै क्षेत्रलाई घचघच्चाउने निडर लेखक बेला बेला विवादमा आइ राख्ने दुर्गा पंगेनीको शब्दमा रहेको “बेइमानी बतास” बोल को मौलिक तीज गीत सार्वजनिक भएको छ ।

सोही गीतको लय हेम पुनको रहेको छ भने पछिल्लो समय कि व्यस्त गायिका सम्झना भण्डारीको स्वर रहेको छ ।

लोक सङ्गीत क्षेत्रमा सक्रिय तथा अनुभवी एरेन्जर , निर्देशक तारानाथ आचार्यले निर्देशन गरेको सो भिडियोमा गणेश सापकोटाले छायाङ्कन गरेका छन् भने सुवास अम्गैनको सम्पादन रहेको छ । भिडियोमा सविना क्षेत्री र सङ्कल्प चापागाईँले अभिनय गरेका छन्। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई स्वयम् तारानाथ आचार्यले एरेन्ज गरेका छन्।

विवादमा आउने दुर्गा पंगेनीको यो गीतको शब्दलाई दर्शक श्रोताले कत्तिको रुचाउँछन् त्यो भने हेर्नै बाकिँ छ ।