पत्रकार सुशील पाण्डेलाई ज्यान मार्ने धम्की - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

पत्रकार सुशील पाण्डेलाई ज्यान मार्ने धम्की



काठमाडौँ – पत्रकार सुशील पाण्डेलाई ज्यान मार्ने धम्की आएको छ ।

एभिन्युज खबर टेलिभिजनमा प्रसारित कार्यक्रम ‘सकस राजनीति’ कार्यक्रमका सञ्चालक पाण्डेलाई ज्यान मार्ने धम्की आएको हो ।

उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग ‘सकस राजनीति’कार्यक्रममा विवाद भएको कार्यक्रम प्रसारित भएपछि टेलिभिजनको वीरगन्ज ब्युरोमा समेत तोडफोड भएको छ ।

सोही अन्तर्वार्ताको विषयलाई लिएर पत्रकार पाण्डेमाथि ज्यान मार्ने धम्की आएको हो ।

आफूलाई समाजवादी पार्टीका कार्यकर्ता भन्दै नेपाल टेलिकमको पोस्टपेड नम्बरबाट ज्यानमार्ने धम्की आएको एभिज्युज टेलिभिजनले जनाएको छ ।