भद्रगोलको ‘पाँडे’लाई प्रतिबन्ध लगाउन माग - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

भद्रगोलको ‘पाँडे’लाई प्रतिबन्ध लगाउन माग



नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय हाँस्य व्यंग्य टेलिसिरयल ‘भद्रगोल’ का चर्चित पात्र ‘पाँडे’ को भूमिकाका कारण सम्पुर्ण पाण्डेहरुलाई चोट पुगेको नेपाल पाण्डे समाजले जनाएको छ।

भद्रगोलको प्रस्तुतकर्ता मिडिया हवलाई पत्र पठाएरै पाण्डे समाजले सो पात्रलाई अतिशयोक्ति र कपोलकल्पित ढंगले प्रस्तुत गर्दा मुलुकभर रहेका पाण्डेहरुको मनमा चोट पुगेको उल्लेख गरेको छ।

मुलुकको एकीकरणदेखि नै हालसम्म पुर्याएको भूमिकाप्रति वेवास्ता गरेर पाण्डेलाई हास्य पात्रका रुपमा प्रस्तुत गरिएको भन्दै समाजमा असर पुयाउने कथा र प्रदर्शनलाई अस्विकार गर्ने चेतावनी दिइएको छ।