पञ्चकोशी युवा क्लवको आयोजनामा एन्फा ग्रासरुट फुटबल रिहर्सल आज बाट सुरु  - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पञ्चकोशी युवा क्लवको आयोजनामा एन्फा ग्रासरुट फुटबल रिहर्सल आज बाट सुरु 



मंगल बास्कोटे / लम्की,कैलाली ।

कैलालीको भुरुवामा रहेको पञ्चकोशी युवा क्लवको आयोजनामा कैलाली जिल्ला फुटबल संघ एन्फा ग्रासरुट फुटबल रिहर्सल आज बाट सुरु भएको छ ।

देशका ४५ वटा जिल्लामा आज एकै साथ एन्फा ग्रासरुट सुरु भईरहेका बेला कैलालीको लम्की चुहा नगरपालिका वडा नं.१ भुरुवामा रहेको पञ्चकोशी युवा क्लबमा पनि ग्रासरुटको उत्घाटन गरिएको छ ।

लम्कीचुहा नगरपालिका प्रमुख महादेब बजगाईले कैलाली जिल्ला फुटबल संघका प्रमुख प्रशिक्षक योगेश श्रेष्ठलाई बल हस्तान्तरण गरेर ग्रासरुट फुटबल रिहर्सलको उद्घाटन गर्नु भएको हो । रिहर्सलमा १२ देखि १३ बर्ष उमेर समुहका बालबालिकालाई सहभागि गराईने बताइएको छ । यस क्षेत्रबाट फुटबलमा उत्कृष्ट खेलाडीहरु जन्माउन र राट्रिय तथा अन्तराष्ट्रिय स्तरमा यस क्षेत्रलाई पहिचान गराउनको लागी रिहर्सलको आयोजना गरिएको जिल्ला कैलाली फुटबल संघका अध्यक्ष मोहित कुमार शाहले जानकारी दिनु भएको थियो । गर्नु

उक्त एन्फा ग्रासरुट रिहर्सलमा यस क्षेत्रका बिभिन्न सामुदायिक तथा निजि बिद्यालयका बालबालिकाले भाग लिन सक्ने समेत बताईएको छ । बालबालिकालाई प्रशिक्षण जिल्ला कैलाली फुटबल संघका प्रमुख प्रशिक्षक योगेश श्रेष्ठले दिनु हुने छ । यो रिहर्सल ३ महिना देखि ५ महिना सम्म सञ्चलान हुने छ । उपलब्धि मुलक भएमा यस कार्यक्रममालाई फेरी थम गरि निरन्तरता दिन सक्ने क्लवका अध्यक्ष रज बहादुर थापाले जानकारी दिनु भएको छ ।