पाँच जना मन्त्रीको भरमा सत्ता संचालन गैरजिम्मेवारीको पराकाष्ठा : राणा - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

पाँच जना मन्त्रीको भरमा सत्ता संचालन गैरजिम्मेवारीको पराकाष्ठा : राणा



काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर राणाले देउवा नेतृत्वको सरकारले गैरजिम्मेवारी प्रदर्शन गरेको बताएका छन्। देउवा नेतृत्वको सरकारको एक महिना वितिसक्दा पनि सरकार विस्तार गर्न नसकेको बताउँदै उनले पाँच जना मन्त्रीको भरमा सत्ता संचालन गरेर सरकारले गैरजिम्मेवारीपन प्रदर्शन गरिरहेको बताएका हुन्।

काठमाडौं जिल्ला, क्षेत्र नं ५ को कार्यकर्ता भेला र पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि राणाले नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले पनि कुनै आशा संचार गर्न नसकेको बताए।

उनले राप्रपाको एकीकृत शक्तिले देशमा वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्ने दाबी गर्दै भने, ‘एकीकृत भएको राप्रपाले समयको माग अनुरुप, हाम्रो सामुन्नेमा जुन मौका आएको छ, त्यो मौका छोपेर वैकल्पिक प्रजातान्त्रिक शक्ति खडा गर्नेछ, पार्टी स्थापना कालको उद्देश्य पूरा गर्नेछ,।’

उनले राप्रपाको महाधिवेशनको क्रममा सबै तह र तप्काका संगठनहरु निर्माण गर्न सक्रिय भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन पनि दिए। सो अवसरमा विभिन्न दल परित्याग गरी ६५ जनाले राप्रपामा प्रवेश गरेका थिए।