पाँच एजेण्डामा छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

पाँच एजेण्डामा छलफल गर्न एमाले स्थायी कमिटी बैठक बस्दै



काठमाडौं-प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बिहीबार बस्दैछ। एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठक दिउँसो ३ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्नेछ।

एमालेले स्थायी कमिटी बैठकका लागि पाँच वटा एजेण्डा तय गरेको छ। विवरण अनुसार एमालेको मुख्य एजेण्डा आगामी महाधिवेशन रहेको छ।

१० देखि १२ मंसिरमा १०औँ राष्ट्रिय महाधिवेशन तय भइसकेको छ। जसअनुसार ६ कात्तिकमा वडा र ९ कात्तिकमा पालिका अधिवेशन हुँदैछ। आजको बैठक यही विषयमा केन्द्रित रहने नेताहरूले जानकारी दिएका छन्। राष्ट्रिय महाधिवेशन सम्बन्धमा विषय प्रवेशलाई बैठकको एजेण्डा बनाइएको छ।

विधान महाधिवेशनको समीक्षा गरिनेछ। एमालेको प्रथम विधान महाधिवशेन १५-१७ असोजमा भएको थियो।

यसैगरी, असोज अन्तिम सातादेखिको अविरल वर्षापछिको बाढीपहिरोले ९२ जनाको ज्यान गएको छ भने धानबाली नष्ट भएको छ। यो विषयमा पनि स्थायी कमिटीमा छलफल हुनेछ।