पाँच वर्षभित्र प्रचण्ड प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्ने - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

पाँच वर्षभित्र प्रचण्ड प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्ने



काठमाडौँ- नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले पाँच वर्षभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्ने दाबी गरेका छन्।

शनिबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा नेता पौडेलले तत्कालीन माओवादीले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारीको एजेण्डा नमरेको बताए। उनले भने, ‘यो विषय मरिसकेको छैन, संविधान जारी गर्दै गर्दा पनि यो विषयमा हाम्रो पार्टीले फरक मत राखेको हो, लोकतन्त्रमा छलफल नै गर्न नहुने भन्ने हुँदैन, अहिले यो विषयबारे चर्चा भएको छ।’ तर नेता पौडेलले नवगठित नेकपाभित्र प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयले ठोस आकार लिइनसकेको बताए।

केही दिनअघि नेकपाका अध्यक्ष दाहालले प्रत्यक्ष निर्वाचित कार्यकायरीको पक्षमा राजनीतिक सहमति भइसकेको दाबी गरेका थिए। उनले प्रचण्ड कार्यकारी राष्ट्रपति बन्न योग्य भएकाले प्रत्यक्ष निर्वाचित प्रणालीमा जाँदा स्वभाविक रुपमा प्रचण्ड नै सशक्त उम्मेद्धवार बन्ने दाबी गरे। उनले आगामी पाँच वर्षभित्रै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बन्ने बताए।

उनले पाँच वर्षको अवधिमा आधा आधा सरकार चलाउने सहमतिअनुसार पार्टी एकता भएको उल्लेख गरे।