पनौतीमा गोली चल्यो: तीन घाइते, स्थिति तनावग्रस्त

काठमाडौं- टिपरको ठक्करबाट दुई जनाको मृत्य भएपछि काभ्रेको पनौती तनावग्रस्त बनेको छ ।
आक्रोशित भीड र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा गोली चल्दा एक जना प्रहरी हवल्दार घाइते भएका छन् ।
प्रदर्शनकारीतर्फ तीन जना घाइते छन् । घाइते हुनेको नाम खुलिसकेको छैन ।
रात परिसकेकाले गोली कहाँबाट कसरी चल्यो भन्ने पुष्टि नभएको प्रहरीले जनाएको छ ।
प्रहरीले अहिले पनि स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको बताए ।
फाइल फोटो

