पानस युवा क्लबद्बारा लम्किचुहा नगरपालिका-१ थपालीपुरमा सरसफाइ - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

पानस युवा क्लबद्बारा लम्किचुहा नगरपालिका-१ थपालीपुरमा सरसफाइ



रमित पाण्डे / लम्की ।
कैलालीको लम्कीचुहा नगरपालीका वडा नम्बर १ थपालीपुरमा रहेको पानस युवा क्लबले थपालीपुरमा रहेको ए टोल र बी टोल स्थानीयको सहभागीतामा सरसफाई गरीएको छ ।

करीब ३०० जनाको सहभागीतामा क्लबको कार्यालय भएको स्थान खल्यानबाट सुरु भएको सरसफाई अभियान कालीका मन्दिर हुँदै दिपेन्द्र माध्यामिक विद्यालय,खानेपानि टोल,सानगाई टोल चोक,गिदरपुर,अछाम रोड,बसपार्क टोल सरसफाई गरी सकेपछि पुनः पानस युवा क्लब भएको स्थानमै आएर कार्यक्रम कोणसभामा परीणत भएको थियो ।

क्लबले सरसफाइ कार्यक्रमको सुरुवात गर्दै आफ्नो टोल आफै सफा गरौ भन्ने उद्देश्यसहिद युवाहरुले पुर्ण सरसफाइ अभियान सुरु गरेको क्लबका अध्यक्ष ललित जैशिले बताउनु भयो ।

क्लब अध्याक्ष ललीत जैशिको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि लम्की चुहा नगरपालीका वडा अध्यक्ष जनक बम रहनु भएको थियो । सरसफाइ पछि भएको कार्यक्रममा क्लबले गरेको काम निकै उदारणिय भएको प्रमुख अतिथी बमले बताउनु भयो ।

कार्यक्रममा लम्की चुहा नगरपालिका स्वास्थ्य साखा प्रमुख जयन्ती बिष्टले सरकारको नीति नै पुर्ण सरसफाइ भएकाले अभियान सफल पार्न सबै लाग्नु पर्ने बताउनु भयो । सेबक नेपालकि प्रतिनिधि भागरथी रेग्मिले युवा जागेमा नगरपालिका सफा गर्न सकिने बताउनु भयो । कार्यक्रमको संचालन क्लबका सचिव नकेन्द्र न्यौपानेले गर्नु भएको थियो ।