पम्फा भुषालले गरिन् प्रतिपक्षीको समर्थन - Himal Post Himal Post
  • १ माघ २०८२, बुधबार
  •      Wed Jan 14 2026
Logo

पम्फा भुषालले गरिन् प्रतिपक्षीको समर्थन



काठमाडौँ

सत्तारुढ नेकपाकी सांसद पम्फा भुषाल प्रमुख प्रतिपक्षी दलको समर्थनमा उत्रिएकी छन्।  गुठी विधेयकका सम्बन्धमा प्रतिपक्षी दलले उठाएको मागको समर्थन उनले गरेकी छिन्।

प्रतिपक्षीले विरोध गरिरहेका बेला सांसद भुषालले बोल्न खोजिन् र प्रतिपक्षीले उनलाई बोल्नबाट रोक्न खोजे। । सभामुख महराले तपाईहरूलाई मद्दत हुनेछ भनेपछि भुषालले बोल्न पाएकी थिइन् ।

भुषालले सरकारले गुठियारहरूसँग छलफल नगरी एक्कासी माथिबाट गुठी विधेयक ल्याएकोमा चर्को विरोध गरिन्।

विधेयकको विरोध गर्ने आम नागरिकमाथि दमन गरेको कुरामा पनि उनले आपत्ती जनाईन्।

‘गुठीद्धारा सञ्चालित विश्वसम्पदाको सूचीमा परेको रातोमछिन्द्रनाथको भोटो देखाउने जात्रामा राष्ट्रपति र सरकारका प्रनिधिहरु सहभागि हुने। अनि त्यही दिन माइतघरमा गुठीयारमाथि दमन गर्ने ? सरकारले गलत गरेको छ।’ उनको भनाइ थियो।