पम्फालाइ यसरी बन्दैछन सभामुख - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

पम्फालाइ यसरी बन्दैछन सभामुख



काठमाडौं- सभामुखका निम्ति प्रधानमन्त्री केपी ओलीका तर्फबाट प्रस्तावित सुवास नेम्बाङ र नेकपाका अर्का अध्यक्ष प्रचण्डको रोजाइका अग्नी सापकोटाको नाम पनि थाती राखेर एउटा महिलाले हलो अड्काएको ठाउँमा अर्की महिलालाई ल्याउने गरी साउती मारिँदैछ।

अर्थात पूर्वमाओवादी समूहबाटै पम्फा भुसालको नाममा समझदारी बन्न लागेको भित्री खेलबारेको समाचार आजको जनआस्था साप्ताहिले छापेको छ।

पूर्व माओवादी नेताहरुबाट प्रचण्डमाथि ‘सबै कुरा छाड्ने हो भने काशीतिर लागे हुन्छ’ भनेर तिब्र दबाब परिरहेको छ।

त्यही दबाबले आकार ग्रहण गर्दा खेलो यहाँसम्म आएको बुझिन्छ।