पम्फा भुसालको प्रस्ताव: खुला सीमा बन्द गरौँ, सेनालाई बोर्डरमा राखौं - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

पम्फा भुसालको प्रस्ताव: खुला सीमा बन्द गरौँ, सेनालाई बोर्डरमा राखौं



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद पम्फा भुसालले खुला सीमा बन्द गर्नु पर्ने प्रस्ताव गरेकी छन् ।

बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद भुसालले अहिले नै भिसाको व्यवस्था गर्ने अवस्था नभए पनि सीमा बन्द गरी आवागमनमा निगरानी गर्नु पर्ने बताइन् ।

‘बोर्डर बन्द गर्नुपर्छ, आवागमनमा निगरानी गर्नुपर्छ । नाका निश्चित गरौं । अहिले नै भिसाको व्यवस्था गर्न गाह्रो हुन सक्छ,’ उनले अघि भनिन्, ‘सामान्य आफ्नो परिचयपत्र देखाएर आवतजावतलाई सहज बनाउन तर खुला बोर्डर बन्द गर्नु पर्छ ।’

भारतीय किसानले नभइ सीमा सुरक्षा बल एसएसबीले हरेक वर्ष सीमा स्तम्भ सार्ने गरेको भन्दै सांसद भुसालले सीमा क्षेत्र नजिक नेपाली सेनालाई राख्नु पर्ने प्रस्ताव गरिन् । ‘नेपाली सेनालाई बोर्डर नजिक राखौं, ठेक्का अरुलाई दिए पनि हुन्छ ,’ उनले थपिन् ।