गोरखाको पालुङटार तनावग्रस्त ,भीडलाई नियन्त्रण गर्न ७ सात राउण्ड अश्रुग्यास प्रहार - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

गोरखाको पालुङटार तनावग्रस्त ,भीडलाई नियन्त्रण गर्न ७ सात राउण्ड अश्रुग्यास प्रहार



गोरखा– बिवाहमा जन्ती आएका युवककाे कुटपिटबाट मृत्यु भएपछि गोरखाको पालुङटार तनावग्रस्त बनेको छ ।

बुधबार लमजुङको राइनस नगरपालिका–४ अल्कटारबाट आएका जन्ती विष्णुबहादुर कुमालको मृत्यु भएपछि अल्कटार बासिन्दाले इलाका प्रहरी कार्यालय पालुङटारमा ढुङ्गामुढा गरेका छन् ।

पीडीत पक्षले उचित क्षतिपुर्तिको माग गर्दै दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् । करिब दुई सयको संख्यामा अल्कटारबाट आएका बासिन्दाले पालुङटारमा ढुङ्गामुढा प्रहार गर्दा केही प्रहरीसमेत घाइते भएका छन् । स्थानियको भीडलाई नियन्त्रण गर्न प्रहरीले सात राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ ।

केटी जिस्क्याएको निहुामा अल्कटारबाट आएका जन्तीमाथि बेहुली पक्षकाकोे कुटपिटबाट घाइते बनेका जन्ती अल्कटारका ३४ वर्षीय विष्णुबहादुर कुमालको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएकोथियो । कुटपिटमा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।फाईल तस्विर