दिल्लीबाट हराएका पाल्पाका मोहनको खोजी ! - Himal Post Himal Post
  • १२ बैशाख २०८२, शुक्रबार
  •      Fri Apr 25 2025
Logo

दिल्लीबाट हराएका पाल्पाका मोहनको खोजी !



नयाँ दिल्ली

नेपालबाट भारतमा काम गर्न आउने नेपालीहरू विभिन्न कारणले बिनासितै हराउनु अनि ज्यान गुमाउनु परेको समाचार विरलै आइरहन्छन प्राय त्यस्ता ब्याक्तिहरु जो प्रवासमा भएका सङ्घ सङ्गठन सँग नजोडिएका अन्य नेपालीहरू सँग घुलमिल नभएका ब्याक्तिहरुको यस्ता घटना भइरहेको पाइएको छ र यस्ता सोझा ब्याक्तिहरुलाइ भारतीय र नेपाली नागरिकबाटै लुटपाट र हत्या जस्ता काण्ड बढ्दो क्रममा छ । दिल्लीको आनन्द विहार बसपार्कको बाहिर टुटेफुटे नेपाली बोल्न जान्ने केही भारतियहरुले प्राय नेपालीहरूलाई लुट्ने गर्छन् भने आजकल यस्तो लुटपाटमा नेपालीहरू पनि संलग्न भएका छन् ।

विगत २५ वर्ष देखि भारतको दिल्लीमा कार्यरत फोक्सिङ कोट -२ पाल्पा नेपाल घर भई हाल रन्जित नगर डी डी ए लाइबेरि मा काम गर्थे भने पटेलनगर दिल्लीमा बस्दै आएका सेतो चस्मा लगाएका ५५ वर्षीय मोहन बहादुर पछाइ १० फेब्रुअरी २०१८ को दिन नेपाल आफ्नो घर फर्कने क्रममा दिल्लीको आनंद विहार बसपार्कबाट म नेपालको लागि आनन्द विहार देखि बस चढे भनेर अन्तिम कुरा घरमा गरेका त्यसपछि अहिलेसम्म सम्पर्क बिहिन रहेको मोहन बहादुरका परिवार र आफन्तहरूले ले बताएका छन् । घटना के कसरी भयो भन्ने पूरा जानकारी आएको छैन उनका आफन्त साथिभाइहरु र नेपाली देशभक्त आवाज द्दारा उनको खोजी भइरहेको नेपाली देशभक्त आवाजका प्रवक्ता सदस्य राम सिङले हिमाल पोस्टलाई बताएका छन् ।

अहिलेसम्म सम्पर्क बिहिन भई घर पनि नपुगेको हुनाले हराएका मोहन बहादुरलाई खोजीनिधि गर्नका लागि उनका परिवार अनि आफन्तजनहरूले सबै नेपालीहरूलाई आग्रह गरेका छन् ।

हराएका मोहन बहादुरको सम्पर्क नम्बर +91-9868387307 काम गर्ने अफिसको नम्बर +91-11-6162265

कुनै पनि महानुभावले जस्तोसुकै अवस्थामा भेटेपनि दिएको नम्बरहरूमा सम्पर्क गरी सहयोग पुर्‍याउनु हुन यसै समाचार मार्फत अनुरोध गरिएको छ । सम्पर्कहरू:- नेपाल +977-9847309161 भारत +91-9871914885, 88261789