सवारी व्यवस्थापनका लागि सडकमा रेखाङ्कन
सिता डाेटेल : पाल्पा (रामपुर) । बढ्दो शहरीकरणसँगै रामपुरका मुख्य बजारमा सवारी साधन व्यवस्थापनका लागि बजारका मुख्य सडकमा रेखाङ्कन गर्न थालिएको छ ।
बजारको साघुँरो सडकमा दुर्घटनाको जोखिम र अव्यवस्थित सवारी पार्किङलाई मध्यनजर गर्दै सडकका दुवै तर्पm रेखाङ्कन गर्न शुरु गरेको हो । रामपुर नगरपालिकाले प्रहरीसँगको समन्वयमा सडकका दुवै तर्पm केही भाग छोडेर रेखा कोरेको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताए । ‘पैदल यात्रीलाई सहज बनाउन, बजार आएका ग्राहकको मोटरसाइकल पार्किङलाई व्यवस्थित गर्न टट्कारो आबश्यक देखेर सिमा गराएका हौँ’, नगर प्रमुख थापाले भने ।
रामपुर नगरपालिकाको मुख्य केन्द्र बेझाँड बजार क्षेत्रका दायाँ वायाँ सडकमा कामदार लगाएर प्रहरीको रहोवरमा सडकमा पहेलो, सेतो रेखा कोरिएको छ । सडक दाँया वायाँका सटरको सिढीदेखि ६÷६ फिट छोडेर रेखा तानिएको छ । ट्राफिक नियमको पालना र बजार व्यबस्थित गर्न यसले महत्वपूर्ण भूमिका खेल्ने इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक राजुु प्रसाद शर्माले बताए ।
सटरका व्यबसायीले सडक मिचेर व्यापार गर्दा पैदल हिड्नलाई पनि अफ्ठ्यारो भएको थियो शर्माले भने– यस अभियानले सडक मिच्ने र बाटो साघँुरिने संभावना पनि घटेको छ ।’
नगरपालिकाको रोहवरमा प्रहरीले केही दिन अघिदेखि बजारका मुख्य सडक क्षेत्रमा सडक मिचेर सामान राख्ने व्यापारीलाई सामान हटाउन आग्रह गरेको थियो । व्यवस्थित बजार र संभावित दुर्घटनाबाट जोगाउन यो अभियान राम्रो भएको स्थानीयको भनाई छ । उनीहरूले नियमको पालना सबैलाई बराबर लाग्ने र यसको कडाईमा लाग्नुुपर्ने बताएका छन् ।