पाल्पामा ट्रक दुर्घटना, चालकको मृत्यु - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

पाल्पामा ट्रक दुर्घटना, चालकको मृत्यु



पाल्पा, भदौ २४ –

तानसेन-५ धरमपानीको कालीखोलामा शनिबार ट्रक दुर्घटनामा चालकको ज्यान गएको छ ।

बुटवलबाट गुल्मी तम्घासका लागि सामान लिएर जाँदै गरेको लु १ ख ९१५६ नम्बरको ट्रक दुर्घटनामा हुँदा चालकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । चालकको नाम थर खुलेको छैन । स्थानीय बासिन्दा धुब्र खनालकाअनुसार घटनास्थल पुगेको प्रहरीले शव निकाल्ने प्रयास गरिरहेका छन् ।