पाल्पा मोटरसाइकल दुर्घटनाः श्रीमानको मृत्यु, श्रीमती घाइते - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

पाल्पा मोटरसाइकल दुर्घटनाः श्रीमानको मृत्यु, श्रीमती घाइते



पाल्पा –पाल्पाको निस्दी गाउँपालिकाको सिन्धुरेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्लाको पूर्वी भेग निस्दी(७ को भित्री सडक खण्डमा पसलदेखि घरतर्फ जाने क्रममा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँका ४४ वर्षीय ओमबहादुर गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

सिन्धुरेमा किराना पसलदेखि घर फर्कनेक्रमा लु६प १५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका निमित्त प्रमुख रामेश्वर त्वातीले बताए।

मोटरसाइकलको पछाडि सवार मृतक गाहारी श्रीमती नीरमाया गाहा घाइते भएकी छन्। घाइते गाहाको टाउकोमा चोट लागेको छ। घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।