पाल्पामा वम विस्फोट - Himal Post Himal Post
  • ३ श्रावण २०८३, आईतवार
  •      Sun Jul 19 2026
Logo

पाल्पामा वम विस्फोट



पाल्पा : रिब्दीकोट गाउँपालिकाको कार्यालय परिसरमा बिहीवार  वम विष्फोट भएको छ।

कार्यालय नजिकै रहेको सेवाग्राही बस्ने प्रतिक्षालयमा वम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणी पोखरेलले बताए। उनका अनुसार विष्फोटबाट प्रतिक्षालय र गाउँपालिकाको कार्यालय भवनमा क्षति पुगेको छ।

कार्यालयको झ्यालका सिसा फुटेका छन्। बिहीबार बिहान साढे एक बजेतिर भएको विस्फोट कस्ले र किन गराएको हो भन्ने बारे अहिलेसम्म खुलेको छैन्। यद्यपि घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए।
फाइल तस्बिर