कमल किरणको नयाँ गीत - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

कमल किरणको नयाँ गीत



गायक कमल किरणको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उनको ‘पल्के’ बोलको नयाँ गीतको म्युजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक भएको हो । बिकाश सुबेदी निर्देशित भिडियोमा नायक पल शाह तथा नायिका आँचल शर्माको अभिनय रहेको छ । भिडियोमा पल र आँचलको अभिनय तथा केमेष्ट्रि लोभलाग्दो छ ।

‘पल्के’ एल्बममा समाबेश गीतमा एक नारायण भण्डारीको शब्द र आशिष अबिरलको संगीत सुन्न सकिन्छ । गीतका एरेन्जर आशिष अबिरलनै हुन् । अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा अनुराग ठकुरीको कोरियोग्राफि रहेको भिडियोमा पल, आँचलसंगै सिंगीङ डान्स क्रुको समेत नृत्य देख्न सकिन्छ ।