प्लाष्टिक जलाउँदा खोज्दा आफ्नै अनुहार जल्यो ! - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

प्लाष्टिक जलाउँदा खोज्दा आफ्नै अनुहार जल्यो !



दाङ । प्लाष्टिक जलाउँदा खोज्दा घोराहीमा एक व्यापारीको आफ्नै अनुहार नै जलेको छ ।

घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित काठेकोहल चोकमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका कुलबहादुर चौधरीको आफ्नै अनुहार जेलेको हो ।

काठेकोहल चोकबाट पसल सार्ने क्रममा पसलबाट निस्किएका प्लाष्टिक जन्यवस्तु जलाउँदा उनको मुख जलेको हो । चौधरीले पटक–पटक सडकमै फोहर जलाउँदै आएका थिए ।

प्लाष्टिक जलाउँदा प्लाष्टिमका भएको केमीकल उछट्टिएर मुखमा परेपछि चौधरी घाईते भएका छन् । घाईते चौधरीको अनुहार चिन्न सक्ने अवस्थामा नरहेको उनको भनाई छ ।

घाईते चौधरीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।