पल शाहलाई हुनसक्छ १२ वर्ष जेल सजाय - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

पल शाहलाई हुनसक्छ १२ वर्ष जेल सजाय



काठमाडाैं । एक गायिकाले नेपाली चलचित्रका नायक पल शाहविरुद्ध तनहुँ प्रहरीमा जाहेरी दर्ता गराएकी छन् । ती गायिकाले जबर्जस्ती करणी मुद्दामा उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार ती गायिकाले आफन्तसँगै पुगेर बुधबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका हुन् ।

यसअघि उनीहरू कास्की प्रहरीमा उजुरी दिन पुगेका थिए । तर, जबर्जस्ती करणीको घटना तनहुँमा भएको भन्दै कास्की प्रहरीले उजुरी लिन अस्वीकार गरेको थियो । त्यसपछि कास्की प्रहरीकै सल्लाहमा उनीहरूले तनहुँ प्रहरीमा उजुरी दिएका हुन् ।

उजुरीमा आफू नाबालिग रहेका बेला जबर्जस्ती करणी गरेको दाबी गरिएको छ ।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १८ मा करणी सम्बन्धी कसुरको व्यवस्था दफा २१९ (२) मा कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिएर करणी गरेमा वा मन्जुरी लिएर भएपनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती करणी गरेको मानिने भन्ने व्यवस्था छ ।

नाबालिगलाई जबर्जस्ती करणी गरेमा पीडकलाई कस्तो कारबाही हुन्छ भन्नेबारे पनि मुलुकी अपराध संहितामा स्पष्ट उल्लेख गरिएको छ । १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुने उल्लेख छ ।