पल शाहसँग अनैतिक सम्बन्धबारे समिक्षा अधिकारीले मुख खोलिन् - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

पल शाहसँग अनैतिक सम्बन्धबारे समिक्षा अधिकारीले मुख खोलिन्



काठमाडौं- गायिका समिक्षा अधिकारीले नायक पल शाह र आफूबीच अनैतिक सम्बन्ध रहेको हल्ला चलेपछि मुख खोलेकी छन् । उनले आफूहरूबीच कुनै किसिमको अनैतिक सम्बन्ध नरहेको प्रष्टीकरण दिएकी छन् ।

केही समययता यी दुई कलाकारबीच प्रेम सम्बन्धपछि खटपट चलिरहेको विषय चर्चामा छ । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रष्टीकरण दिँदै गायिका अधिकारीले आफूहरूको नाम जोडेर सार्वजनिक भएका समाचारहकरू कपोलकल्पित र भ्रामक रहेको बताएकी छन् ।

उनले एउटै इन्डस्ट्रीमा भएको हिसाबले नायक पल शाहले आफूलाई अभिभावकको रूपमा माया र संरक्षण गर्ने गरेको दाबी गरेकी छन् । आफू पल शाहको सदैव फ्यान रहेको पनि उनले उल्लेख गरेकी छन् ।

‘एउटै इन्डस्ट्रीमा भएको हिसाबले पलजीले मलाई अभिभावकको रुपमा माया गर्नुहुन्छ, जुन माया उहाँले आफूसँग जोडिएका सबै सहकर्मीहरुलाई गर्नुहुन्छ र गरिरहनुहुनेछ । मेरो कला र क्षमतालाई माया र संरक्षण गर्नुहुन्छ र म उहाँको सदैव फ्यान पनि हुँ’, समिक्षाले भनेकी छन् ।

‘हामीबीचमा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल साथमा काम गरिरहेको छौँ र हजुरहरूको माया रहेसम्म सधैँ राम्रो काम गरिरहने छौँ’, समिक्षाले अगाडि भनेकी छन् ।

उनले आफूहरूका विषयमा भ्रामक समाचार प्रकाशन भएकोमा दु:खी भएको उल्लेख गर्दै चरित्रहत्या गर्ने काम नगर्न आग्रह पनि गरेकी छन् ।

यस्तो छ स्पष्टीकरण:

नमस्कार
मलाई समिक्षा अधिकारी बनाउनु हुने मेरा सम्पुर्ण दर्शक श्रोता ज्युहरुमा हार्दिक नमन गर्दछु। पछिल्लो समय मेरो बारेमा नायक पल शाह ज्यु सङ्ग जोडेर हुँदै नभएको कपोलकल्पित समाचार हरु आएका छन यसप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। समाचारमा मेरो र पल जि को सम्बन्ध लाई तोड मोड गरेर तुच्छ प्रकारका कुराहरु मेडिया मा आएका छन जसले मेरो चरित्र हत्या भएको छ। यसका साथ साथै पल जि को क्यारिअर माथि आच आउने किसिमले सस्तो प्रचार बाजि गरिराको छन। यसो नगर्नुहुन अनुरोध गर्दछु।

बिना स्रोत अफबाह मा लेखिएका यी समाचार ले हामिलाई सामाजिक र चारितृक रुपमा निकै नै असर पुराएको छ यस कुरा प्रती म र मेरो परिवार खेद प्रकट गर्दछौ । एउटै इण्डसट्रीज मा भएको हिसाबले पल जि ले मलाई अभिभावक को हिसाब ले माया गर्नुहुन्छ जुन माया उहाले आफुसङ्ग जोडिएका सबै सहकर्मी हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ। मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ म उहाको सदैव फ्यान पनि हु। र हामिबिच मा कुनै प्रकारको अनैतिक सम्बन्ध नरहएको र हामी केवल साथमा काम गरिरहेको छौ र हजुरहरुको माया रहेसम्म सधै राम्रो काम गरिरहने छौ। राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिता का अग्रज र दिग्गज अभिभावक हरुले पनि यसरी मान हानी र चरित्र हत्या हुने किसिमले लेखिएका समाचार ले निकै दुखी छु। मैले यो अपेक्षा गरेको थिएन ।

म जे छु जहा छु यो सब मेरा भगवान रुपि दर्शक श्रोता को देन हो र हजुरहरुलाई कुनै पनि कुराले निराश गर्न सक्दिन र गर्ने छैन। मेरो बारेमा मेडियामा आएका झुटा समाचार हरु प्रती घोर निन्दा गर्दछु र हजुरहरु यसको पछाडी नलाग्नुहुन हार्दिक अनुरोध गर्दछु। अन्त्यमा सम्पुर्ण पत्रकार ज्युहरु लाई पनि हार्दिक निबेदन गर्न चाहन्छु कसैको व्यक्त्तिगत जिवनमा आच आउने मान हानी तथा चरित्र हिन हुने किसिमको समाचार नबनाउनु होला।
सबैलाई धेरै धेरै माया
धन्यबाद।