कांग्रेसबाट निर्वाचित वडाध्यक्ष कार्यक्रमस्थलबाटै पक्राउ - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष कार्यक्रमस्थलबाटै पक्राउ



पर्साको बहुदरमाइ नगरपालिका ७ का वडाअध्यक्ष प्रभु पटेललाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी हुन आएका उनलाई प्रहरीले होटल कुमु प्यालेसबाट पक्राउ गरेको हो ।

नेपाली कांग्रेसबाट निर्वाचित पटेल बेलायत सरकारको सहयोगमा सञ्चालित स्थानीय तहको वस्तुगत विवरण प्रोफाइल तयारी सम्बन्धी अभिमुखीकरणमा सहभागी हुन वीरगञ्ज आएका थिए ।

उनलाई कार्यक्रमस्थलबाटै जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार लागूऔषध ओसारपसार सम्बन्धी उजुरीमाथि अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो ।