पाकिस्तानमा हेलिकप्टर दुर्घटना - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

पाकिस्तानमा हेलिकप्टर दुर्घटना



इस्लामावाद- पाकिस्तानको कब्जामा रहेको गिलगिट-बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ।

इन्टर-सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरू मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेब थिए।

दुर्घटनापछि खोजी र उद्धार हेलिकप्टर र सेनाको टोली घटनास्थलमा पुगेको छ। आईएसपीआरले दुर्घटनाको कारण बताएको छैन।

जीबी ‘मुख्यमन्त्री’ खालिद खुर्शीद खानले विज्ञप्तिमार्फत् घटना बारे शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन्। घटनाको थप विवरण आउँन बाँकी छ।