पैसाले बिक्ने कलाकारलाई पछाडी पार्दै आफ्नो कला देखाउन विदेश जादै हास्य कलाकार कमल बस्याल 'चटपटे बा' - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

पैसाले बिक्ने कलाकारलाई पछाडी पार्दै आफ्नो कला देखाउन विदेश जादै हास्य कलाकार कमल बस्याल ‘चटपटे बा’



स्याङ्जा। विगत ३ बर्ष देखि टेलिभिजन, युट्यूब च्यानल,सामाजिक संजालहरूमा र एफएम रेडियोबाट आफ्नो कलाकारीता देखाउदै आएका नव कलाकार “चटपटे बा” भनेर चिनिने हास्यकलाकार कमल बस्याल UAE का विभिन्न सहरमा कार्यक्रम देखाउन जाने भएका छन् नेपालका थुप्रै जिल्लामा कार्यक्रम देखाई सकेका कमल आफ्नो कलाकारीता प्रर्दशन गर्न विदेश जाने भएका हुन।

बिभिन्न अनलाईन समाचार र फेसबुकबाट पछिल्लो समयमा अझै बढि चिनिदै गएका कमललाई विदेशवाट कार्यक्रमको माग आएको हो। टेलिभिजनका पर्दामा “चटपटे बा मकैभुटेर” भनेर चिनिएका उनी नेता देखि कलाकार सम्मको कपि गर्न सक्ने कलाकार हुन प्राय बुढो मान्छेको भेषमा देखिने उनि पुराना कुरा उतार्न माहिर छन्।

गीत संगीत प्रति नी त्यतिकै लगाब राख्ने कमल गितलाई विगारी कमेडी बनाउदै नेपाली समाजमा गाउँदै अगाडी बढेका यिनी अहिले भने आफु पनि शब्द लेखनमा जमिरहेका छन् र यिनका कमेडी गीत छिटै नै बजारमा आउने कुराको जानकारी दिएका छन।