पैसा माग्दा गोलीको शिकार बने मनोज - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

पैसा माग्दा गोलीको शिकार बने मनोज



जनकपुरधाम : जनकपुर गोली चलेको छ ।गोली चल्दा एकजनाको मृत्यु भएको छ।

जनकपुरधाम उप–महानगरपालिका-१४ मुजेलिया स्थित विद्युत प्राधिकरण नजिकै बुधबार चलेको गोली लाग्दा ४० वर्षे मजोन साहको मृत्यु भएको हो।

मुजेलियाकास्थित पंकज चौधरीको घरमा मनोज पैसा माग्न जादा दुईपक्षबीचको विवादमा गोली चलेको थियो। मृतक मनोजसँग पंकजले ऋण लिएकाले त्यही ताकेता गर्न जाँदा गोली प्रहार भएको प्रत्यक्षदर्शी अमित कुमार साहले बताए।

गोली प्रहारबाट मृत्यु भएका मनोजको शव प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ। गोली प्रहारगरी भाग्दै गरेका चौधरीलाई प्रहरीलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।