पाइप सफा गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाका दुई जना मजदुरको मृत्यु - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

पाइप सफा गर्ने क्रममा मेलम्ची खानेपानी आयोजनाका दुई जना मजदुरको मृत्यु



काठमाडौं: मेलम्ची खानेपानी आयोजनाका दुई मजदुरको बालाजुमा मृत्यु भएको छ ।

बालाजुस्थित खानेपानीको ठूलो पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय सरेश साह र शिवराम रहेकाे महानगरीय प्रहरी कार्यालय रानीपाेखरीका प्रवक्ता एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।