चेलीको यथार्थ वेदना गायिका सुशीला गौतमको लोक गीत 'पाहुना' सार्वजनिक ( भिडियो सहित) - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

चेलीको यथार्थ वेदना गायिका सुशीला गौतमको लोक गीत ‘पाहुना’ सार्वजनिक ( भिडियो सहित)



समीर प्रकाश पाण्डे

पछिल्ला समयमा बजारमा आएका माया प्रेममा आधारित गीत भन्दा अलिक फरक आफ्नो जन्म दिनको शुभ अवसर पारेर सुमधुर स्वरकी धनी गायिका सुशीला गौतमको नयाँ लोक गीत “पाहुना” हालै सार्वजनिक भएको छ ।

अत्यन्तै उत्कृष्ट शब्दमा रहेको दिदीबहिनीहरूको कहानी समेटेको गीतमा शब्द लय तथा स्वर समेत गायिका गौतम कै रहेको छ भने गीतको भिडियोमा गौतम र उनकी आमा लीला गौतमको दमदार अभिनय देख्न सकिन्छ ।

यस्तै भिडियो दुर्गा पौडेलको निर्देशन र छायाङ्कनमा नवीन घर्ती मगरको सम्पादन रहेको छ ।