ओलीले भाषण गर्दागर्दै कार्यक्रम छोडेर हिँडे विदेशी पाहुना - Himal Post Himal Post
  • ८ असार २०८३, सोमबार
  •      Mon Jun 22 2026
Logo

ओलीले भाषण गर्दागर्दै कार्यक्रम छोडेर हिँडे विदेशी पाहुना



चितवन। नेकपा एमालेको १० औँ महाधिवेशनमा सहभागी हुन आएका विदेशी पाहुना कार्यक्रम छोडेर हिँडेका छन्। नेकपा अध्यक्ष केपी शर्मा ओलीको सम्बोधनकै बीच पाहुनाहरू बाहिरिएमेर्तिपका थिए ।

एक त सहमतिको प्रयासका लागि चलेको लामो छलफलपछि बन्दसत्र नै ढिलो गरी शुरु भएको थियो। अर्को लामो समयदेखि अध्यक्ष ओलीको भाषण चलिरहेपछि पाहुना बाहिरिएका हुन्।

महाधिवेशनमा आमन्त्रण गरेअनुसार बंगलादेश, भारत, श्रीलंका, टर्की, कम्बोडिया, म्यानमार, रसिया, चीन जर्मनी लगायत १५ मुलुकका पार्टी प्रतिनिधि नेपाल आएका थिए। चीनबाट चिनियाँ कम्युनिष्ट पार्टी र भारतबाट पाँच पार्टीका प्रतिनिधि बोलाइएकोमा पाकिस्तानबाट भने कुनै पनि प्रतिनिधि बोलाइएको थिएन।