पहिरोले घर पुरिँदा आमा र २ छोरीको मृत्यु - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

पहिरोले घर पुरिँदा आमा र २ छोरीको मृत्यु



फाइल तस्बिर

काठमाडौँ — भेरी नगरपालिका २ तिमिले गाउँमा पहिरोले घर पुरिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

आइतबार बिहान स्थानीय दलबहादुर ओलीको घर पुरिँदा उनकी श्रीमती ३२ वर्षीया पार्वती ओली, छोरीहरु ९ वर्षीया मोतिकला र ३ वर्षीया धनसरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा उद्धार गरिसकिएको प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार घर मुली दलबहादुर घाइते छन्। उनलाई अस्पताल लाने तयारी भइरहेको छ।

फाइल तस्बिर