पहिलो पटक कन्दरा ब्याण्ड साउथ अस्ट्रेलिया आउदै - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

पहिलो पटक कन्दरा ब्याण्ड साउथ अस्ट्रेलिया आउदै



हिमाल पोष्ट/अस्ट्रेलिया,एडीलेड

अस्ट्रेलिया टुरमा रहेको नेपालको लोकप्रिय पोखरेली ब्याण्ड कन्दरा पहिलो पटक साउथ अस्ट्रेलियामा आफ्नो प्रस्तुति दिन आउने भएको छ । एनआरएनए साउथ अष्ट्रेलियाको आयोजनामा यहि डिसेम्बर ५ तारिकको दिन हुन लागेको उक्त कार्यक्रम एडीलेडको डोम पल्सकी हलमा बेलुका ५ बजे देखि सुरु हुने एनआरएनए साउथ अष्ट्रेलियाका संयोजक नबिन कंडेलले बताए ।

आफ्नो बिशुद्ध मौलिक प्रस्तुती बोकेको पोखरेली ब्याण्ड कन्दराका चर्चित गितहरु हङ्गकङ्ग पोखरा, लेककी हे माया, तगारोमा रुमाल, बिदेसिएर गइन उनी, तिमी पारी र पछिल्लो एल्बम भेडि गोठैमाको गितहरु श्रोत दर्शक माझ लोकप्रिय छन । विभन्न स्टेटमा समेत कार्यक्रम गर्दै अष्ट्रेलियाको सांगीतिक यात्रामा रहेको ब्याण्डमा बुद्ध बर्जाचार्य (किबोर्ड), अमित गुरुङ (गितार), अशिम शेरचन (गितार), अनिल गुरुङ (बेस गितार), अभिनाष गायक ((मादल), सुनिल थापा (ड्रमर) तथा विवेक श्रेष्ठ (गायक) सहभागि छन् ।

‘कन्दरा’ एक दशक पछि पुनः स्रोता /दर्शक माझ आएको कन्दरा अहिले विभन्न देशमा सांगीतिक कार्यक्रम मार्फत पुनरागमन गर्दैछ ।२१ वर्षअघि पोखरामा स्थापना भएको यो ब्याण्डले विगतमा थुप्रै लोकप्रिय गीत दिइसकेको छ ।कन्दरा’ ले आफ्नो पहिलो एल्बम ‘चञ्चले कान्छी’ सन् १९९४ मै सार्वजनिक गरेको थियो भने दोस्रो एल्बम ‘डाँडा पारी’ सन् १९९६ मा स्रोतामाझ ल्याएको थियो । त्यसपछि सन् १९९८ मा तेस्रो एल्बम ‘हङकङ पोखरा’ सार्वजनिक गरेको कन्दराले चौथो एल्बम ‘वर्षौं पछि’ सन् २००६ मा बजारमा ल्याएर चर्चा पाएको थियो।